
मुस्ताङ, चैत ७ ।हिजो शुक्रबारदेखि नै सुरु भएको हिमपातका कारण उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रको तापक्रम ह्वात्तै घटेको हो। केही दिनदेखिको लगातारको वर्षासँगै मुस्ताङका उच्च हिमाली क्षेत्रहरूमा भारी हिमपात भएको छ।
हिमपातका कारण विशेषगरी लोमान्थाङ, छोसेर, लोघेकर दामोदरकुण्ड र मुक्तिनाथ क्षेत्रका गाउँहरू प्रभावित भएका हुन् ।

कागबेनी–कोरला सडक खण्डका स्थानमा बाक्लो हिउँ जमेकाले सवारी साधन सञ्चालनमा कठिनाइ भएको हो। प्रशासनले पदयात्री र तीर्थयात्रीहरूलाई सतर्क रहन आग्रह गरीएको छ।
लामो समयको खडेरीपछि यो हिमपातले स्याउ, जौ र आलु खेती गर्ने किसानहरूलाई भने उत्साहित बनाएको छ। हिउँले जमिनमा ओस कायम राख्ने र कीराहरू नष्ट गर्ने भएकाले उत्पादन बढ्ने आशा गरिएको छ।

स्थानीय प्रशासनले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र घरभित्रै सुरक्षित रुपमा रहन सर्वसाधारणलाई सूचित गरेको छ।




प्रतिक्रिया