
काठमाडौँ/ भदौ /७/ स्याङ्जा मालुङ्गा रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम २०८२ विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ।
स्याङ्जा जिल्लाको मालुङ्गाबाट रूपन्देही जिल्लामा बसोबास गर्ने चेलीबेटी एवं आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूलाई मेलमिलाप गराउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा करिब ६०० जना चेलीबेटी एवं मालुङ्गेलीहरूलाई दर खुवाएर आफ्नो कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमको प्रमुख अतिथिको रूपमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे रहेका थिए ।
पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता तीज मिलन कार्यक्रमको माध्यमबाट आफ्नो जन्मथलो र पैत्रिक थलोको पहिचान गराउने र सबैमा चिनजानको वातावरण सिर्जना गर्ने साथै आफ्नो संस्कार र संस्कृतिको संरक्षण र प्रवर्धनमा ठूलो भूमिका खेल्ने बताए बताएका हुन् ।

त्यसै अवसरमा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण प्रभुले हरितालिका तीजको धार्मिक र साँस्कृतिक महत्त्वको विषयमा बताउनुका साथै कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा आश्विन २१ गतेदेखि कार्तिक १९ गतेसम्म स्याङ्जा र पाल्पाको संगमस्थल उत्तरवाहिनी क्षेत्रमा हुन लागिरहेको ‘उत्तर गण्डकी महामेला र दामोदर धर्मोत्सव २०८२’ घरको नै कार्यक्रम भएकोले सफल पार्नका लागि सबैको साथ सहयोगको लागि समेत अनुरोध गर्र्नुभएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद बस्याल , सल्लाहकार लोकनाथ भण्डारी, स्याङ्जा गल्याङ रूपन्देही सम्पर्क समाजका अध्यक्ष जनक श्रेष्ठ लगायतले आफ्ना सुभावना व्यक्त गर्नुभएको थियो। सोही कार्यक्रममा २०८१ को एसइइ एवं एसएलसी उत्तीर्ण रूपन्देही निवासी मालुङ्गेली उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी लाई समेत सम्मान गरिएको थियो।
सोही कार्यक्रममा राष्ट्रिय कलाकार दिपु मगर र विष्णु श्रीपाली ले विभिन्न सांगीतिक प्रस्तुति सँगै रमाइलो गराएका थिए कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष बेणी माधव तिवारीले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव शेषनारायण बस्याल र उपाध्यक्ष सुन्दर भण्डारीले गर्नुभएको थियो ।
स्याङ्जा मालुङ्गा रूपन्देही सम्पर्क समाजले हरेक वर्ष यस्ता तीज मिलन कार्यक्रममा दरखुउने , शुभकामना आदानप्रदान तथा विविध कार्यक्रम गर्दै आइरहेको कुरा भण्डारीले बताउनुभएको थियो ।




प्रतिक्रिया