
लोत्से मल, पहिलो तलाको शेखर कलेक्सन—शेखर पौडेलको पसिना, मेहनत र सपना बुनिएको संसार। तर २४ भदौको रात, एकै झट्कामा त्यो संसार धुवाँ र खरानीमा हरायो।
३३ वर्षका शेखर नवलपुर गैंडाकोटका हुन्। ठूला आकांक्षासहित काठमाडौं आएका उनले दसैं नजिकिँदै गर्दा व्यापार बढ्ने आशा पालेका थिए। तर आन्दोलनको उग्र भीडले पसलमा आगो सल्काइदिँदा, सबै सपना जलेर गयो।
“करिब १ करोडको सामान थियो,” उनी भक्कानिँदै भन्छन्, “अब त खरानी बाहेक केही छैन।”
Gen-Z पुस्ताकै भाग शेखर, आफ्नै पुस्ताको आन्दोलनले आफ्नो भविष्य जलाएको दृश्य हेरिरहँदा मौन पीडामा डुबेका छन्




प्रतिक्रिया