अनिल खनालको शब्द रचनामा झिलिमिली तिहार सार्वजनिक

गायक हेमराज डाँगी ले तिहार पर्वको अवसर पारेर तिहार विशेष गीत ूझिलिमिली तिहारू बजारमा ल्याएका छन् । लोकप्रिय सर्जक अनिल खनालको शब्द रचनामा रहेको उक्त गीतमा भाका भने गायक डाङ्गिकै रहेको छ । आधुनिक , लोकदोहोरी , चलचित्र तथा पप गीतमा आफ्नो जादु चलाउने सर्जक खनालले यस चाडबाडको गीतमा पनि मौलिकतालाई प्राथमिकता दिएर शब्द कोरेको देख्न सकिन्छ। गीतमा गायक डाँगी लाई गायिका सीमा थापा ले साथ दिएकी छन् भने संगीत संयोजन तथा मिक्सिङ माष्टरिङ पनि गायक डाँगीले नै गरेका छन् । महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई निर्देशक दिनेश सिंह ठकुरीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्, छायांकन मरुभूमि नारायण को रहेको उक्त गीतलाई अनिल विष्ट प्यूठानी ले सम्पादन गरेका हुन् । गीतमा श्याम मगर , दीपक किसी , दिव्या बायलकोटी, नमूना डुम्रे भट्टराई, रेशम लाल भट्टराई लगायतको अभिनय देख्न सकिन्छ ।

Deusi Bhailo Song | Tihar Song | Jhilimili Tihar | Hem Raj Dangi | Sima Thapa Dipawali Song 2082

प्रतिक्रिया