आद्रीका थापाको स्वरमा “उ प्यारो लाग्छ” सार्वजनिक

काठमाडौं । गायिका आद्रीका थापाको स्वरमा रहेको नयाँ गीत “उ प्यारो लाग्छ” सार्वजनिक भएको छ । बरिष्ठ गीतकार बिबी थापाको शब्द, मनोज चौलागाईँको संगीत तथा एरेन्जमा तयार भएको उक्त गीतलाई अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भक्तपुरको गुन्डुस्थित रमणीय स्थलमा छायांकन गरिएको गीतमा गायिका स्वयमकै अभिनय देख्न सकिन्छ । उनलाई अल्फाज र रचनाले साथ दिएका छन् ।

गीतलाई नितीन चन्दले निर्देशन गरेका हुन् । सार्वजनिक गीतलाई बिबी थापा इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया