४० वर्ष पुरानो गीतलाई THE DANPHES ले नयाँ जीवन दिँदै भिडियो सार्वजनिक

काठमाडौं — चार दशकअघि रेडियो नेपालमा रेकर्ड गरिएको पुरानो गीतलाई आधुनिक भिजुअल कथासहित पुनर्जीवित गर्दै THE DANPHES ले नयाँ भिडिय सार्वजनिक गरेको छ। प्रेम, प्रतीक्षा र पुनर्मिलनको भावनाले भरिएको उक्त गीत ग्रामीण रतनपुर गाउँमा आधारित एउटा हृदयस्पर्शी प्रेमकथाबाट प्रेरित गरिएको बताइएको छ।

४० वर्षअघि एक डाक्टर र गाउँकी एउटी युवतीबीच सुरु भएको प्रेम, छुटेका भेटघाटहरू र समयले सिर्जना गरेको दूरी नै अहिलेको भिडियोको केन्द्रबिन्दु बनेको छ। आधुनिक सिनेमाटिक शैलीमा प्रस्तुत गरिएको यो भिडियोले पुरानो धुनलाई नयाँ पुस्तासमक्ष पुनः चिनाउने उद्देश्य राखेको निर्माण पक्षले जनाएको छ।

गीतमा गायक, शब्द तथा संगीत उपेन्द्र पन्तको रहेको छ। भिडियोमा कलाकारहरू आर्चर पन्त, जुना विस्वकर्मा, विश्वास नेपाली, ताशी लामा़, रचना बस्नेत र प्रभाष लिम्बु देखिएका छन्।

THE DANPHES को यस प्रस्तुतीकरणले पुरानो नेपाली संगीत र कथालाई पुनः सम्हाल्ने र नयाँ पुस्तामा पुराना धुनप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरिएको छ।

भिडियोका निर्देशन बुम खत्री हुन् भने छायांकन / सम्पादन / कलरको जिम्मा बिकेश मगरले सम्हालेका छन्।

Na Ta Maile Na Timle Dekhni || Archer Pant || Juna Bishwokarma || Upendra Panta https://youtu.be/pIfSy4zEojs?si=fgZdnTn5SANNYYqo

प्रतिक्रिया