
गजल साहित्यमा सक्रिय स्रष्टा राहुल शंकरको गजलसङ्ग्रह ‘नयाँ अध्याय’ लोकार्पण भएको छ। ‘द मार्जिन’ प्रकाशनद्वारा प्रकाशित उक्त कृतिको विमोचन लेखक, गजलकार तथा प्रकाशकको उपस्थितिमा सर्वनाम थिएटरको प्रेक्षालयमा सम्पन्न भयो।
विमोचन समारोहमा वक्ताहरूले राहुल शंकरका गजलहरूले समकालीन समाज, देशप्रेम र नागरिकताको संवेदनशील यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको धारणा राखे। कवि बाबु त्रिपाठीको सहजीकरणमा सम्पन्न कार्यक्रममा कवि प्रज्वल अधिकारी र कलाकार संगीता थापाले कृतिबाट गजल वाचन गर्दै साहित्यिक वातावरणलाई जीवन्त बनाएका थिए।




प्रतिक्रिया