
काठमाडौं।
तारकेश्वर नगरपालिकामा पहिलोपटक “प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव–२०८२” आयोजना हुने भएको छ।
तारकेश्वर नगरपालिकाको आयोजनामा हुने यस महोत्सवस्थानीय संस्कृति, परम्परा रधार्मिक कला आस्थालाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष रूपमा आयोजना गर्न लागिएको हो।
कार्यक्रम पिपलडॅांडा टुसाल चौरमा २०८२ साल चैत ४ गते बुधबार हुनेछ।
यस महोत्सवमा घोडा प्रदर्शन, सांस्कृतिक झाँकी,र स्थानीय परम्परागत प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।
नगर प्रमुख कृष्ण हरी महर्जनले
यस कार्यक्रमले तारकेश्वरको पहिचान र यस क्षेत्रको कला ,सांस्कृतिक महत्वलाई विश्व भर चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।




प्रतिक्रिया