। काठमाडौं ।रामकृष्ण ढकालको फिल्म मालती मंगले को गीत आज सार्वजनिक गरिएको छ।
उक्त गीतमा रचना रिमाल र राम कृष्ण ढकाल को स्वर रहेको छ।
भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतले नेपाली संस्कृति र भावनालाई समेटेको निर्माण पक्षले जनाएको हो । उक्त गीतमा लोकप्रिय गायिका रचना रिमाल को सुमधुर स्वर रहेको छ, जसले गीतलाई अझै भावनात्मक र आकर्षक बनाएको छ। स्क्रिनमा प्रस्तुत गरिएको गीतको झलकले दर्शकहरूलाई निकै प्रभावित बनाएको देखिन्थ्यो।
निर्माण पक्षका अनुसार, गीतले नेपाली मौलिकता, संस्कृति र भावनालाई समेट्दै दर्शकको मन जित्ने विश्वास गरिएको छ। निर्माता रामकृष्ण ढकाल को संलग्नताले फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ। गित osr डिजिटल मार्फत बजारमा आयको हो ।




प्रतिक्रिया