
काठमाडौं ।
नयाँ नेपाली गीत ‘गुराँसै फुल्यो’ सार्वजनिक भएको छ । म्युजिकल सिने स्टुडियोको प्रस्तुति रहेको उक्त गीत केही दिनअघि युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
गितमा Misan Cibirigo र Swonima Rai लाई मुख्य भुमिकामा देख्न सकिन्छ ।गीतमा सुनिता थेगिम र मिसन सिबिरिङो को स्वर रहेको छ भने शब्द तथा संगीत मबिन्द्र राई ले तयार गरेका हुन् ।संगीत संयोजन तथा प्रोडक्सन सस्वत श्रेष्ठ ले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ रोमन बज्राचार्य ले गरेका हुन् ।
गीतको अडियो र भिडियो दुवै पक्षलाई आकर्षक बनाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । गीतको भिडियोमा प्रकृतिका अनुपम रमणीय दृश्यहरू देख्न सकिन्छ ।
‘गुराँसै फुल्यो’ गीतमा नेपाली पहाडी परिवेश, प्रकृतिको सुन्दरता र भावनात्मक कथालाई समेटिएको छ । सार्वजनिक भएसँगै गीत सामाजिक सञ्जालमा चर्चा बटुल्न सफल भइरहेको छ ।




प्रतिक्रिया