अन्तर्राष्ट्रिय विभेद उन्मूलन दिवस स्याङ्जाको चापाकोटमा सम्पन्न ।

स्याङ्जा
स्याङ्जाको चापाकोट नगरपालिकामा ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको उन्मूलन दिवसको अवसरमा आयोजित बृहत् भेला तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम सभ्य समाज चापाकोटका अध्यक्ष हरि कौशल को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सफल युवा व्यवसायी तथा समाजसेवी शेषकान्त पुरी को प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रमको सञ्चालन पूर्णिमा परियार ले गरेकी हुन् ।
उक्त कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति मार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्रेको र सामाजिक एकता, सद्भाव र समानताको पक्षमा सशक्त आवाज उठाइएको थियो।

जातीय विभेद अन्त्य गर्दै समावेशी, न्यायपूर्ण र सभ्य समाज निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा प्रमुख अतिथि पुरी ले जोड दिएका थिए।
यस्ता खालका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आपसी सद्भाव र सहअस्तित्वको भावना अझ सुदृढ र मजबुद बनाउने विश्वास प्रमुख अतिथि शेषकान्त पुरी व्यक्त गरेका थिए । कार्यक्रमका स्थानीयको उल्लेखनीय सहभागिताका साथै भव्य र सफल रुपमा कार्यक्रम सम्पन्न भएको तरुण नेता विश्वास पुरी ले विट नेपाल लाई जानकारी गराएका थिए ।

प्रतिक्रिया