
गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सागर ढकालले आफ्नो निर्वाचन आय-व्ययको विवरण सार्वजनिक गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेर विजयी भएका ढकालले सामाजिक सञ्जालमार्फत चुनावी अभियानमा भएको आम्दानी र खर्चको विस्तृत जानकारी सार्वजनिक गरेका हुन् ।
उनका अनुसार चुनावी अभियानका लागि कुल २२ लाख १ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो । सोही अवधिमा उनले १९ लाख १८ हजार १ सय ८२ रुपैयाँ खर्च गरेका छन् ।




प्रतिक्रिया