कर्नर टिच एकेडेमीद्वारा ग्राफिक डिजाइन तालिम सञ्चालन ।

बुटवल। तिलोत्तमा नगरपालिका ले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ग्राफिक डिजाइन सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्र अनुसार नगरपालिकाको आर्थिक सहयोगमा कर्नर एकेडेमी मार्फत विद्यालयस्तरमा ग्राफिक डिजाइन कक्षाहरू सञ्चालन गर्न लागिएको हो।

कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले सम्बन्धित विद्यालयहरूलाई विद्यार्थीहरू सहभागी गराई आवश्यक समन्वय तथा सहजीकरण गरिदिन आग्रह गरेको छ। उक्त जानकारी शिक्षा शाखा प्रमुख गंगाराम आचार्य द्वारा जारी पत्रमा उल्लेख गरिएको छ।

रूपन्देही जिल्ला अन्तर्गतका विद्यालयहरूमा सञ्चालन हुने उक्त तालिमले विद्यार्थीहरूमा डिजिटल सीप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया