
काठमाण्डु — सुधन गुरुङ ले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएका हुन्।
विवादित व्यापारी दीपक भट्ट संलग्न कम्पनीमा गुरुङको ५० हजार संस्थापक सेयर रहेको सार्वजनिक भएपछि उनी विवादमा परेका थिए। गुरुङले नैतिकताको आधारमा निष्पक्ष छानबिनका लागि राजीनामा दिएको बताएका छन्।
गुरुङसँग स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफमा २५/२५ हजार कित्ता सेयर रहेको पाइएको छ। राजीनामापूर्व उनले प्रधानमन्त्री शाह, रवि लामिछाने र सल्लाहकार कुमार वेन सँग छलफल गरेका थिए।
सरकारले गुरुङमाथि छानबिनका लागि संसदीय समिति बनाउने तयारी गरेको छ। यसअघि गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायतमाथि कारबाही अघि बढाएका थिए।




प्रतिक्रिया