सुगम पोखरेलको नयाँ गीत ‘अँध्यारो रातमा’ले रोमान्टिक माहोल ल्यायो

नेपाली पप संगीतका चर्चित गायक सुगम पोखरेलले लामो समयपछि आफ्ना श्रोताका लागि नयाँ सिर्जना ल्याएका छन्। उनको ताजा गीत ‘अँध्यारो रातमा’ अहिले युट्युबमा सार्वजनिक भएको छ र रिलिजसँगै गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ।

गीतका शब्द, संगीत र र्‍याप अनुप महर्जनले तयार पारेका हुन्। सुरज मालीको एरेञ्ज र गिटार, साथै साजन शाहको मिक्सिङ–मास्टरिङले गीतलाई व्यावसायिक ध्वनि दिएको छ।

संगीत भिडियोमा श्रृष्टि खड्का र मान्शी शर्माले प्रेम र भावनाको कथा अभिनय गरेका छन्। उनीहरूको अभिनय र सुगमको आवाजबीचको तालमेलले भिडियोलाई अत्यन्त आकर्षक बनाएको दर्शकहरूले कमेन्टमार्फत् बताएका छन्।

गीतमा प्रयोग भएका शब्दहरू पनि अत्यन्त सभ्य र अर्थपूर्ण भएको प्रतिक्रियामा उल्लेख पाइन्छ। त्यही कारणले गीत छोटो समयमा नै TikTok र YouTube दुवैमा भाइरल बन्दै गएको छ।

सुगम पोखरेलका अन्य गीतहरू जस्तै, ‘अँध्यारो रातमा’ पनि उनको आवाजको मधुरता र संगीतको सौन्दर्यले श्रोतालाई मुग्ध बनाइरहेको छ।

प्रतिक्रिया