काठमाडैां ।खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्तम्छा क्षेत्रमा आज एक हेलिकप्टर दुर्घटनामा परेको छ। Air Dynasty कम्पनीको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।
प्राप्त प्रारम्भिक जानकारीअनुसार, काठमाडौंबाट उडेको हेलिकप्टरमा पाइलटसहित कुल ६ जना सवार थिए। दुर्घटनापछि सबै यात्रु तथा पाइलटलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ। घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
प्रहरीका अनुसार हेलिकप्टर अवतरण गर्ने क्रममा अचानक हावाहुरी तथा कम दृश्यताका कारण सन्तुलन गुम्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।यस घटनापछि स्थानीयवासीहरू त्रसित बनेका छन् भने सुरक्षाकर्मी तथा उद्धार टोली तत्काल घटनास्थल पुगेर उद्धार कार्य सम्पन्न गरेका थिए।




प्रतिक्रिया