
काठमाण्डौ । प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव सम्पन्न भएको छ । तारकेश्वर नगर पालिकाका नगर प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तारकेश्वरका जनप्रतिनिधीहरु, कर्मचारी, नगर प्रहरि, विभिन्न राजनीतिक दलका प्रतिनिधी, सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु, शिक्षक अभिभावकहरु र स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रम तानपा–८ स्थित टुसाल चौरमा सम्पन्न भएको छ। केही वर्षदेखि तारकेश्वरमा नीजि संस्था एभरेस्ट हर्स राइडिङ एण्ड बग्गी प्रा.लि. ले विवाह, ब्रतबन्ध, महोत्सव र विभिन्न शुभ कार्यका लागि नेपाली सेनाबाटै पाउने सेवा नीजि क्षेत्रबाट प्रदान गर्दै आईरहेको थियो ।ऊक्त कार्यक्रम भब्य र सब्यताका साथ स्थानियको उल्लेखनिय सहभागिताका बिच सुसम्पन्न नगर प्रमुख कृष्णहरि महर्जन ले गरेका हुन् ।




प्रतिक्रिया