
काठमाडौं, चैत २२ : डीपी अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे।
सभामुख पदका लागि अर्यालको मात्र उम्मेदवारी परेको थियो। प्रतिनिधिसभामा रास्वपाको झण्डै दुई तिहाइ रहेकाले सभामुखमा अन्य दलले उम्मेदवारी दिएका थिएनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ५ सांसद् छन् ।
सभामुख चयन भएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ।




प्रतिक्रिया